Logo

प्रमुख समाचार

विष्णु पौडेलको बचाउ गर्दै ओलीले भने : पार्टी र सरकारलाई कमजोर बनाउन खोजियो



भ्रष्टाचारबिरुद्ध शून्य सहनशीलताको नारा अघि सारेका दुई तिहाइका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलको बचाउ गरेका छन्।

मंगलबार बसेको नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालुवाटार जग्गा प्रकरणमा आफ्नो पार्टीका महासचिब पौडेलबारे भ्रम फैलाइएको भन्दै बचाउ गरेका हुन्।

पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको प्रधानमन्त्रीले दाबी गरे। ओलीले भने, ‘राजाको शासनका बेला उहाँले जमिन किन्नु भएको रहेछ ।’ पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै उनले सार्वजनिक जग्गा मिच्न नदिने बताए। यदि मिचिएको रहेछ भने सरकारको नाममा फिर्ता गर्ने प्रधानमन्त्री ओलीको भनाई थियो।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १०:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।