Logo

राजनीति

उपेन्द्र यादवले सरकार छाड्दै, यस्तो छ तयारी !



सत्तारुढ संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् ।

‘संविधान संशोधनसहितको राजनीतिक सहमतिमा सरकारलाई दुई तिहाइ बनाउन सघायौं’, किराँत राई समाधिस्थल व्यवस्थापन समितिको तेश्रो अधिवेशनमा शनिबार नेता राईले भने, ‘प्रधानमन्त्रीज्यूलाई सहमतिअनुसार संविधानको बाधक एउटा चुकुल खोलिदिनोस् भन्यौं । नसुनेरै एक वर्ष बित्यो ।’

राईले राजपा संविधानको बाधक धारा संशोधन नभएकैले सरकारबाट बाहिरिएको बताए । उनले भने, ‘प्रधानमन्त्री अरुलाई समान देख्ने अवसर दिनुहुन्न । उहाँ बयलगाडीको गतिमा अगाडि बढिरहनुभएको छ । त्यसैले अब हाम्रो पार्टी सरकारबाट बाहिरिन्छ ।’

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलवार १०:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।