नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर नेकपामा प्रवेश गर्ने तयारी गरेका नेपाली काग्रेसबाट रौतहटको इशनाथ नगरपालिकाको मेयरमा निर्वाचित सन्तोष मेहता पार्टी प्रवेश नगरी प्रचण्डलाई छक्याएर टाप कसेको बुझिएको छ ।
अमर यादव नेतृत्वको तराई मधेश फोरम नेकपामा बिलय हुने कार्यक्रममा मेहताले पनि नेपाली कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गरेको चर्चा चल्यो तर मेहताकै नगरपालिकाका कांग्रेसका अन्य नेता कार्यकर्ता प्रचण्डको हातबाट टीका लगाएर नेकपा प्रवेश गरे पनि उनले भने टीका लगाएनन् ।
उनका निकट सहयोगी मोहनप्रसाद मेहतासहित ४० र ५० जना स्थानीय नेता नेकपा प्रवेश गरे तर अन्तिममा आएर मेयरको नेकपा प्रवेश रोकियो । नेकपामा प्रवेश नगरे पनि मेयर मेहेताले आफुले काग्रेस भने छोडेको र अहिले आफू न्युट्रोल रहेको बताए ।


















प्रतिक्रिया