Logo

प्रमुख समाचार

कमल थापाको ग्राइण्ड डिजाइनलाई लालमोहर लगाउँदै डोरमणी पौडेल



प्रदेश नम्बर ३ को नाम बाग्मती प्रदेश र स्थायी राजधानी हेटौडा कायम गरिने गरि प्रदेशको स्थायी नाम र राजधानी तोकिने तयारी गरिएको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले मकवानपुर निर्वाचन क्षेत्र भएका राप्रपाका अध्यक्ष समेत रहेका तत्कालिन मन्त्री कमल थापाको डिजाइमा हेटौडालाई अस्थायी राजधानी तोकेका थिए ।

मकवानपुर बाटै प्रदेश सभामा निर्वाचित भएर मुख्यमन्त्री डोरमणी पौडेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रिजाएर हेटौडालाई स्थायी राजधानी तोक्न राजी गराएका छन् । चितवन निर्वाचन क्षेत्र भएका प्रचण्ड पहिले देखिनै हेटौडालाई स्थायी राजधानी तोक्न कसरत गरिरहेका थिए भने ओली ९० प्रतिशत जनतालाई अपायक पर्ने देख्दा देख्दै हेटौडालाई स्थायी राजधानी दिन नहुने पक्षमा थिए ।

ओलीले सभामुख माग्न काठमाडौ आएका पौडेललाई मुख्यमन्त्री बनाएर पठाएका थिए । मुख्य मन्त्री दिएर स्थायी राजधानी अधिकांश जनतालाई पायक पर्ने गरि कायम गरिने तयारी गरे पनि मुख्य मन्त्री पौडेल अन्तत ओलीलाई पनि जालमा पार्न सफल भएका छन् । प्रदेश सभाका अधिकाश सांसहरु हेटौडा स्थायी राजधानी बनाउँन नहुने पक्षमा छन् ।

स्वतन्त्र मतदान बाट टुगों लगाउन सांसदहरुले माग गरे पनि पार्टीको हाइकमाण्डले लादेर हेटौडा स्थायी राजधानी तोक्न खोजेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश नम्बर ३ का १३ जिल्ला मध्य मकवानपुर र चितवन बाहेक का ११ जिल्लालाई हेटौडा अपायक पर्छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १३:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।