Logo

प्रमुख समाचार

धेरै होइन जम्मा ४२ पटक ‘मेरो सरकार’



राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा ४२ पटक मेरो सरकार भन्ने पदावली प्रयोग गरेकी छिन् ।आज प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक मेरो सरकार भन्ने शब्दावली प्रयोग गरे पछि अहिले चौतर्फी यसले तरंग सिर्जना गरेको छ ।

पञ्चायती शैलीमा मेरो सरकार भनिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

‘मेरो सरकार’ भाइरल कसले के भने ?

आज संसदमा राष्ट्रपति विधादेवी भण्डारीले सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक ‘मेरो सरकार’ भन्ने पदावली प्रयोग गरे पछि त्यसले चौतर्फी तरंग सिर्जना गरेको छ । यो सरकार नेपली जनताको हो की राष्ट्रपति भण्डारीको निजी सरकार हो भन्दै सामाजिक संजाल रंगिएको छ । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टुइट गर्दै देशमा राष्ट्रपतिको सरकार छकि जनताले बनाएको सरकार छ भन्दै प्रश्न गरेका छन् ।

त्यसै गरि संसद भवन बाटै टुइट गर्दै नेपाली काग्रेसका सांसद गगन थापाले आफु त सरकारको निति तथा कार्यक्रम सुन्न आएको तर यहाँ त राष्ट्रपती ज्यूको निजी सरकारको पो निती तथा कार्यक्रम प्रस्तुत भइरहेको रहेछ नेपाल सरकारको निती तथा कार्यक्रम सुन्न कहाँ कहिले आउँ होला ? भन्ने प्रश्न गरेका छन् ।

अन्य थुप्रै नागरिक अगुवाहरुले पनि राष्ट्रपतिले प्रयोग गरेको शब्दावलीका विषयमा प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार १३:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।