Logo

प्रमुख समाचार

फोरम र नयाँशक्तिबीच एकताको सहमती, २३ गते सोमबार पार्टी एकता



शुक्रबार राति अबेरसम्म चलेको छलफलले नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

फोरमका अध्यक्ष यादव र नयाँशक्तिका संयोजक भट्टराईले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणको सहमति भएको जानकारी दिएका छन् ।

एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहनेछन् । भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेगरी एकताको प्रक्रिया टुंगो लगाइएको हो ।

आउँदो वैशाख २३ गते सोमबार पार्टी एकता घोषणासभा हुने बताइएको छ । घोषणासभापछि नयाँ केन्द्रीय समिति गठन गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ०९:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।