संसदको प्रमुख प्रपिक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिलाई ओली र उनका आसेपासे मिलेर विवादमा तान्न खोजेको आरोप लगाएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रपतिलाई महारानीको शैलीमा प्रस्तुत गर्न खोजिएको टिप्पणी समेत गरेका हुन।
‘राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाउनु गणतन्त्रका लागि शुभ संकेत होइन’ देउवाले भने । यसअघि नीति तथा कार्यक्रम संघीय संसद्मा पेश गर्ने क्रममा राष्ट्रपतिले ४२ पटक मेरो सरकार भनेकोमा कांग्रेसले आपत्ति जनाएको थियो ।
यसैबीच राष्ट्रपतिले ‘मेरो सरकार’भनेपछि कसले के भने ?
संसदमा राष्ट्रपति विधादेवी भण्डारीले सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक ‘मेरो सरकार’ भन्ने पदावली प्रयोग गरे पछि त्यसले चौतर्फी तरंग सिर्जना गरेको छ ।
यो सरकार नेपली जनताको हो की राष्ट्रपति भण्डारीको निजी सरकार हो भन्दै सामाजिक संजाल रंगिएको छ । नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टुइट गर्दै देशमा राष्ट्रपतिको सरकार छकि जनताले बनाएको सरकार छ भन्दै प्रश्न गरेका छन् ।
त्यसै गरि संसद भवनबाटै टुइट गर्दै नेपाली काग्रेसका सांसद गगन थापाले आफु त सरकारको निति तथा कार्यक्रम सुन्न आएको तर यहाँ त राष्ट्रपती ज्यूको निजी सरकारको पो निती तथा कार्यक्रम प्रस्तुत भइरहेको रहेछ नेपाल सरकारको निती तथा कार्यक्रम सुन्न कहाँ कहिले आउँ होला रु भन्ने प्रश्न गरेका छन् ।
अन्य थुप्रै नागरिक अगुवाहरुले पनि राष्ट्रपतिले प्रयोग गरेको शब्दावलीका विषयमा प्रश्न गरेका छन् ।


















प्रतिक्रिया