Logo

प्रमुख समाचार

विद्यादेवी भण्डारीलाई महारानी घोषित गरौँ : खगेन्द्र संग्रौला



राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेपछि त्यसको सर्वत्र आलोचना हुन थालेको छ ।

चर्चित लेखक खगेन्द्र संग्रौलाले राष्ट्रपतिको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बेला मेरो सरकार भनेको कुराई ब्यंग गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति भण्डारीलाई महारानी घोषित किन नगर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, बल्ल आयो पारा पहिले श्री ५ को सरकार छँदा राजा मेरो सरकार भन्थे। अहिले नीति तथा कार्यक्रम पढ्दा राष्ट्रपति विद्याले प्वाक्क मेरो सरकार भनिन्। भनेसि प्रम ओली विद्या सरकारका प्रजा भएछन्। म त भन्छु तै तै विद्यालाई महारानी घोषित किन नगर्ने माग्नु छ मोही, ढुंग्रो किन लुकाउने भन्दै ब्यंग्य गरेका छन् ।

अघल्लो बर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा यो सरकार र नेपाल सरकार भनिएको थियो। त्यस्तै पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि नेपाल सरकार भन्ने गर्दथे । कांग्रेसले पनि मेरो सरकार भनेको भन्दै चर्को आलोचना गरेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीको यतिवेला चर्को आलोचना भएको छ । संघीय संसदमा २०७६–७७ को लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा राष्ट्रपति भण्डारीले पटक–पटक मेरो सरकार भनेर सम्बोधन गरेपछि उनको विरोध भएको हो ।राजाहरुले जस्तै उनले पनि बारम्बार मेरो सरकार भनेर लोकतान्त्रिक व्यवस्थामा नै आँच आउने किसिमले सम्बोधन गरेको आरोप लागेको छ ।

मुलुक यतिवेला संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । राष्ट्राध्यक्षले सम्बोधन गर्दा नेपाल सरकार भनर सम्बोधन गर्नुपर्ने हो । तर, उनले पटक पटक मेरो सरकार भनेर लोकतन्त्रको नै अवमूल्यन गरेको एकथरीको टिप्पणी छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा ४२ पटक मेरो सरकार भन्ने पदावली प्रयोग गरेकी छिन् ।आज प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा पटक पटक मेरो सरकार भन्ने शब्दावली प्रयोग गरे पछि अहिले चौतर्फी यसले तरंग सिर्जना गरेको छ ।

पञ्चायती शैलीमा मेरो सरकार भनिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार १२:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।