Logo

प्रमुख समाचार

राजसंस्था फालेको सिनो हो, लास भईसक्यो, हिन्दु धर्म खोलामा बगाईदिए हुन्छ : बाबुराम भट्टराई



उपेन्द्र यादबको संधीय समाजबादी फोरमसंग शनिबार मात्रै पार्टी एकताको लागि हस्ताक्षर गरेका नयाँ शक्ति पार्टी नेपालमा संयोजक एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजसंस्थालाई फालेको सिनोको संज्ञा दिएका छन् । एक टेलिभिजन कार्यक्रमको अन्तरर्वाताका क्रममा उनले राजसंस्था मरेको लास भईसकेकाले अब नफर्किने ठोकुवा नै गरेका हुन् ।

उनले सो कार्यक्रमको कुराकानीका क्रममा डा. भट्टराईले हिन्दु धर्म खोलामा बगाईदिए हुन्छ भन्दैँ अभिव्यक्ती दिएका थिए जसको चौतर्फी आलोचना भएको थियो । गाईलाई राष्ट्रिय जनावर मान्न जरुरी छैन समेत भनेका थिए ।

यसैबीच, उनले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) दुवैबाट देश विकास सम्भव नहुने दाबी गरेका छन। उनले सत्तारुढ नेकपाका दुवै अध्यक्ष भिआइपी भ्रष्टाचारी भएको आरोप लगाएका छन्। ओली–प्रचण्ड भ्रष्टाचारमा चुर्लुम्म डुबेको भट्टराईको भनाई थियो ।

भट्टराईले आगामी निर्वाचनमा नेकपा, कांग्रेस, राप्रपा लगायतका शक्तिहरु सबै बढारिने बताएका थिए । मुलुकको विकास र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति शासन व्यवस्था लागू हुनु पर्ने डा. भट्टराईको भनाई छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार १२:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।