संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भए सँग उक्त पार्टीले कुनै पनि बेला आन्दोलनको आँधीबेहेरी ल्याउँन सक्ने चेतानी दिएको छ । अहिले सत्तारुढ दल भए पनि संविधान संशोधनको माग तत्काल पुरा नगरे सरकारबाट फिर्ता आएर सडक तताउँने चेतावनी समाजवादी पार्टीले दिएको छ ।
उक्त पार्टीमा बावुराम भट्टराई संघिय परिषद अध्यक्ष बनेका छन् भने उपेन्द्र यादव केन्द्रिय समिति अध्यक्ष बनेका छन् । पार्टी एकिकरण सँग सत्तारुढ दलको अध्यक्ष बनेका डा. भट्टराईले भनेका छन्, ‘अबे के हुन्छ भन्ने साथीहरुलाई शंका छ । हामीले सहमति गरिसकेका छौं, जनताको अधिकार छोड्ने वाला छैनौं ।’
पहिलो मोर्चा सडक, दोस्रो सदन भएको भन्दै भने, ‘कहिले काहिँ आवश्यक पर्दा सरकारको मोर्चा पनि हुनसक्छ । तर, यो भरपर्दो मोर्चा होइन ।’
छिट्टै नै आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने हुनसक्ने भन्दै उनले अघि भने, ‘संविधान संशोधन गर्न सरकारले जुन आश्वासन दिएको छ, त्यो पुरा गर्दैन भने कुनै पनिबेला पार्टीले आवश्यक निर्णय गर्नेछौं ।’
दुबै दलका नेताहरुका अनुसार संविधान संशोधनसहितका माग राखेर सरकारलाई अल्टिमेटम दिने र नभए सरकार छाड्ने सहमति भएको छ । बाबुराम र उपेन्द्र यादवबीच भएको यो सहमतिले केपी शर्मा ओली नेतृत्वको सरकार दबावमा परेको छ । किनकी यदि फोरमले सरकार छाडेमा सरकारको दुई तिहाई टुट्नेछ । यद्यपि नेकपासँग प्रष्ट बहुमत भने छ ।


















प्रतिक्रिया