महोत्तरीको औरही नगरपालिकाको श्रीपुरमा बिहीबार राति ८ बजेतिर करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ ।
स्थानीय नरेश महतोकी ३ वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु भएको हो । बालिकाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भुँईतिर झुण्डिरहेको नाङ्गो तार छुन पुग्दा उनको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै रौतहटको इशनाथ नगरपालिका–१ बञ्जराहामा धानखेतमा माछा मार्न गएका पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बृजनन्दन यादवका १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साहका ७ वर्षकी छोरी सरिता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
धान खेतसँगैको खाल्डोमा माछा मार्न गएका तीन बालिका डुवेका थिए । साँझसम्म उनीहरू घर नफर्किएपछि अभिभावकले खोजी गर्दा मृत अवस्थामा भेटिएका थिए ।


















प्रतिक्रिया