Logo

प्रमुख समाचार

दुई बिरामीसहित अरुण नदीमा खसेको बोलेरो भेटिएन



संखुवावासभाको अरुण नदीमा मंगलबार राति खसेको बोलेरो अझै फला परेको छैन ।

गाडी सदरमुकाम खाँदबारीबाट दुई जना बिरामीसहित ६ जना लिएर फर्कँदै गर्दा धर्मदेवी नगरपालिकास्थित भीरबाट नदीमा खसेको थियो ।
अर्का गाडीका चालक प्रेम तामाङका अनुसार खसेको बोलेरो नम्बर को १ ज ३७४९ रहेको छ । बोलेरो चालक सन्तोष वि.क. चालक सहित ६ जना बेपत्ता छन् । खाँदबारीमा बिरामीको उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै थियो । बेपत्ता हुनेमा दुई महिने शिशु रहेको बुझिएको छ ।

चालकबाहेक बेपत्ताहरुको नाम खुलिनसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेनाका प्रमुखहरुको टोली घटनास्थल पुगेर उद्धार टोलीमार्फत बेपत्ताको खोजी भइरहेको जनाएको छ ।

अक्कर भीरको बाटो निकै जोखिमयुक्त रहेको र रातको समयमा प्रयोग गर्नै नमिल्ने खालको अत्यन्तै साँघुरा रहेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ०६:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।