Logo

प्रमुख समाचार

आजबाट ७० वर्षमाथिका नागरिकलाई ५० % हवाइभाडा छुट



नेपाल एयरलाइन्सले ७० वर्ष पार गरेका नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । सरकार स्वामित्व कम्पनीबाटै छुट शुरु गरिने योजनाअनुरुप उक्त निर्णय गरिएको निगमले जनाएको छ ।

निगमले दशैंका लागि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ०६:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।