विकट जिल्ला संखुवासभा जिल्लाकाे धर्मदेवीनगरपालिका–८ अक्करको भीरमा मंगलबार राति भएको जिप दुर्घटनाका बेपत्ताहरुको परिचय खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार बेपत्ता हुनेमा चालक खाँदबारी नगरपालिका–९ सन्तोष विक, खाँदबारी–९ का संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ, दुई महिने बालक समीर श्रेष्ठ, प्रमेश थापामगर र खोटाङका खबरमान पिठाकोटे मगर रहेका छन् ।
बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको थियो । दुर्घटनामा बेपत्ताहरुको खोजी कार्य जारी रहेको डिएसपी मिमबहादुर लामाले जानकारी दिए ।
दूर्घटना क्षेत्रमा निरन्तर वर्षा भइरहेको र पहिरो–बाढीको जोखिम रहेका कारण बेपत्ताको खोजी कार्यमा समेत कठिनाइ भएको प्रहरीले जनाएको छ ।
खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो जिप मंगलबार राति १० बजे अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए ।


















प्रतिक्रिया