Logo

प्रमुख समाचार

कामदारले नेपालमा तिरेको स्वास्थ्य परीक्षण शुल्क मलेसियामा फिर्ता दिइने



काठमाडौंस्थित मलेसियन दूतावासले मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण निःशुल्क भएको जनाएको छ । सबैखाले स्वास्थ्य परीक्षण निःशुल्क गरिने मंगलबार एक सूचना जारी गरेर जनाइएको हो ।

दूतावासले नेपालमा कामदारले भुक्तानी गर्ने शुल्क रोजगारदाताले मलेसिया पुगेपछि पहिलो महिनाको तलबमा फिर्ता गर्ने जनाएको छ ।
नेपाल–मलेसियाबीच सम्पन्न श्रम समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि सञ्चालन गरेपछि बायोमेडिकल समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण सुरु गरेको छ ।

दूतावासका अनुसार स्वास्थ्य परीक्षणको शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २८ सय रुपैयाँ र नेपाल सरकारलाई बुझाउनुपर्ने भ्याट शुल्क ३ सय ६४ रुपैयाँ गरी कुल ७ हजार ६ सय ६४ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ०७:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।