दुई दिनदेखि जारी अविरल वर्षाका कारण गएको पहिरोमा परी काभ्रेपलाञ्चोकको मन्डनदेउपुर नगरपालिका वडा नम्बर ११ फेदीस्थित दोभानमा एक बालकको मृत्यु भएको छ ।
बुधबार बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो ।
बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको हो । घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको शव ११ बजेतिर निकालिएको थियो ।


















प्रतिक्रिया