राजधानीको नयाँबानेश्वरको मध्यक्षेत्रबाट १० जनालाई जुवातास खेल्दाखेल्दैको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार गते साढे ४ बजे काठमाडौं महानरपालिका– ३१ स्थित एक घरबाट जुवातास खेलिरहेको अवस्थामा रामेछापका देवकुमार बस्नेत सहित १० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
निजहरूको साथबाट १ लाख २३ हजार ८३५ रूपैयाँ नगद र १४ बुक तास बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि भदौ २८ गते शनिबार पनि भीमसेनगोला चाेकनजिकैको एक भट्टी पसलमा सटर लगाएर जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरी वृत्त तीनकुनेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । निजहरुलाई वृत्त कार्यालयमा पुर्याई छानबिनपछि सोही दिन छाडिएको र निजहरुबाट ५० हजारभन्दा कम नगद बरामद भएको स्रोतले बतायो ।
जुवातास खेलाउने भट्टीवालालाई आइन्दा नखेलाउने सर्तमा सोही दिन रिहा गरिएको थियो । नयाँबानेश्वरकै देउराली क्लब र खरिबोट क्षेत्रमा जुवातास खेलाउनेहरुको बिगबिगी बढेकाे स्रोतको दाबी छ ।
त्यस्तै डिउटीमा खटिइरहेको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने प्रयास गरेको आरोपमा एक मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट भद्रकालीमा डिउटीमा खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने बा.८३ प.५९८५ नम्बरको मोटरसाईकलमा सवार नयाँबानेश्वर बस्ने याकम तामाङलाई हिजो बुधबार राति साढे ८ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चेकजाँचमा परेका मोटरसाईकल चालक तामाङले टोलीलाई एक हजार रूपैयाँ नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजेपछि आवश्यक कारवाहीका लागि पक्राउ गरिएको जनाएको छ ।


















प्रतिक्रिया