Logo

प्रमुख समाचार

भुटानलाई २-१ गाेलले हराउँदै पुरुष फुटबलमा नेपाल विजयी



१३औं साग खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फको फाइनल खेलमा नेपाल विजयी भएकाे छ । नेपालले भुटानलाई २-१ गाेल अनतरले पराजित गर्दै नेपाल विजयी भएकाे हाे ।

पहिलाे हाफमा बराबरी खेलेकाे भुटान नेपालसँग दाेस्राे हाफमा नेपालले थप गरेकाे गाेलसँग पराजित हुन पुगेकाे हाे । नेपालले गरेकाे पहिलाे एक गाेललाई भुटानले पहिलाे हाफमै फर्काएकाे थियाे । तर दाेस्राे हाफमा गरेकाे नेपालकाे गाेल नै नेपाल १३अाैं साग खेलकाे पुरुषातरर्फकाे फुटबलमा निर्णायक सावित भयाे ।

साेमबार पाेखरा रंगशालामा भएकाे महिलातर्फकाे फुटबलमा भने नेपाली महिला टीम भारतसँग २-० गाेल अन्तरले पराजित भएकाे थियाे ।

१३अाैं साग खेलकुद अाजै समापन गरिँदैछ । १३औं सागमा कूल प्रतियोगिताको हिसाबले भारत पहिलो, नेपाल दास्रो र श्रीिलंका तेस्रो स्थानमा रह्यो ।

आजको फाइनल फुटबल खेल हेर्न टिकट काट्न त्रिपुरेश्वरस्थित रंगशालामा पुगेका दर्शकहरुमाथि प्रहरीले व्यापक लाठी चार्ज गरेको थियो । सोही लाठी चार्जको तस्बीर खिच्ने क्रममा फोटो पत्रकार सुमन चापागाँई लगायतलाई प्रहरीले लाठी प्रहार गरेर गम्भीर घाइते बनाएको थियो ।

सो ज्यादातिको विरोधमा केहीबेहर खेलकुद पत्रकारहरुले प्लेकार्डसहित सरकार र प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।