Logo

समाचार

विद्यान विपरित काम गर्दा चार वकिल निष्कासित



चार जना वकिललाई विद्यान विपरित काम गरेको भन्दै डोमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) केन्द्रीय समितिले कारवाही गरेको छ । डिएलएको निर्णय र हित विपरित कार्य गरेको भन्दै डिएलएले डिएलएले उनीहरुलाई साधारण सदस्य समेत नरहनेगरी निष्काशित गरेको हो ।

डिएलएको केन्द्रीय अनुशासन समिति संयोजक भरतराज खरेलले शिवप्रसाद घिमिरे, नारायणप्रसाद डाँगी, प्रदिपकुमार गौतम र भरतमणी न्यौपानेलाई कारबाही गरेको बताए । खरेलद्धारा जारी वक्तव्यमा अनुशासन समितिको निर्णय अनुसार उनीहरुलाई कारबाही गरिएको उल्लेख छ ।

नेपाल बार एशोसिएशन दाङ जिल्ला बार इकाइको गत मङ्सिर २८ गते भएको निर्वाचनमा डिएलए दाङले उठाएका आधिकारिक उम्मेदवारका विरुद्धमा लागेकाले उनीहरुलाई कारबाही गरिएको वक्तव्यमा जनाइएको छ । उनीहरुले आफुहरु डिएलए दाङको अध्यक्ष भएको, प्रचार प्रसार समितिको संयोजक भएको, आफुहरुले समर्थन गरेका उम्मेदवार नै डिएलएको आधिकारीक उम्मेदवार भएको लगायतका गलत दावी गर्दै भ्रम फैलाएकाले कारबाही गर्न बध्य भएको विज्ञाप्तिमा उल्लेख छ।
डिएलएको विधान अनुसार उनीहरुलाई ६ महिनासम्म डिएलएको साधारण सदस्य समेत नरहनेगरी निस्कासन गरिएको वक्तव्यमा भनिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०२:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।