Logo

प्रमुख समाचार

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा २ महिलाको मृत्यु



बुधबार बिहान जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ स्थित २ जनाको मृत्यु भएको छ भने अन्य चार जनाा गम्भीर घाइते भएका छन् ।

मायापुरी सामूदायिक वनमा घाँस दाउरा गएका बेला जंगली हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट स्थानीय ५० वर्षीया भुलीदेवी बोहोरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

आक्रमणबाट सो गाउँका ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा घाइते गम्भीर घाइते भएका छन् ।

घाइते उनीहरुको उपचार सीमाक्षेत्र भारतीय उपचारकेन्द्रमा भइरहेको जनाएको छ । आक्रमण घटना बिहान ८ बजेतिर भएकाे जनाइएकाे छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।