जिल्ला अदालत धादिङको २०७३ पुस २३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७५ हजार रुपैयाँ जरिवाना भई फरार रहेकी प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका–२ बस्ने २२ वर्षीया प्रेम माया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरिएको हो । तामाङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
त्यस्तै बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका– ६ बौद्ध रामहिटी बस्ने २४ वर्षीय सोनाम दोर्जेलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ ।
दोर्जेले ती १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । निज तामाङमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया