Logo

प्रमुख समाचार

नारायणगढ-मुग्लिन सडक शुक्रबारबाट दैनिक ४ घण्टा बन्द हुने



नारायणगढ-मुग्लिन सडकखण्ड दुई सातासम्मका लागि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गते शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले सवारीका कारण काम गर्न समस्या परेको जनाएपछि दैनिक चार घण्टा सडक बन्द हुने भएको हो । यो अवधिमा आआफ्नो क्षेत्रबाट सहयोग गर्न चितवन प्रशासनले सबैमा आह्वान समेत गरेको छ ।

बन्दको समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिनेछन् ।
यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ ।

एम्बुलेन्स, शवबाहन लगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०७:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।