Logo

प्रमुख समाचार

ज्यान मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ



हतियार देखाएर ज्यान मार्ने धम्की दिएको अरोपमा कैलालीको चुरे गाउँपालिका–६ सेलानीका २१ वर्षिय सुवास भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले घरेलु हसिया देखाउदै गाउँमा आतक मच्चाएकाले पक्राउ गरिएको ईलाका प्रहरी कार्याल फल्टुडेले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरिक्षक माधव विश्वकर्माका अनुसार भण्डारीले गाउँमा हसिया देखाउदै परिवार तथा छिमेकीलाई ज्यान मार्ने धम्की दिँदै आतंक मच्चाएको खबर पाएपछि खटिएको टोलीले पक्राउ गरेको हो ।

भण्डारीमाथि आवश्यक अनुसन्धान भइरहेको ईप्रकाले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार ०९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।