गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बादलसँग नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोल्लिटबीच बुधबार गृहमन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालय स्रोतले बतायो ।
भेटमा गृहमन्त्री थापाले नेपालका लागि बेलायतले महिलालाई प्राथमिकतासाथ राजदूत नियुक्त गरेकोप्रति निकोलालाई बधाई दिएका थिए । नवनियुक्त पोल्लिटको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास बादलले व्यक्त गरेका थिए ।
भेट वार्तामा बादलले बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोर्खा सेनाका समस्या समाधानबारे भूमिका खेलिदिन राजदूत निकोलालाई आग्रह गरे । जवाफमा निकोलाले बेलायतमा बस्ने नेपाली र ब्रिटिश गोर्खाका समस्याबारे आफूहरु जानकारी रहेको र यसबारे निकास दिनेबारे गम्भीर रहेको बताएकी थिइन् ।
तस्बीर: रासस


















प्रतिक्रिया