Logo

प्रमुख समाचार

आगो ताप्ने क्रममा जलेर एकको मृत्यु



बाराको प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गाउँपालिका–७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको जलेर मृत्यु भएको बताइएको छ ।

घरमा आगो ताप्ने क्रममा जलेर घाइते साहको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीले जानकारी दिए । पछिल्लो दुई सातादेखि बढेको अत्याधिक चिसो र शीतलहरका कारण बाराका दलित र मुसहर वस्तीका स्थानीयलाई सास्ती हुँदै आएकोछ ।

प्रकाशित मिति : १४ पुष २०७६, सोमबार ०५:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।