बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थमा क्रमिक सुधार भै रहेको छ ।
प्रधानमन्त्रीको पछिल्लो स्वास्थ अवस्थाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम कुमार खड्काले प्रधानमन्त्रीलाई हिँडडुल समेत गराउन थालिएको जानकारी दिए ।
यस्तै खड्काले प्रधानमन्त्रीकाे स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेकाे भन्दै आजबाट ठाेस खानेकुरासमेत दिन थालिएको बताए ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समिक्षा संग्रौलाको स्वास्थ्य पनि सामान्य रहेको र उनलाई पनि ठोस खानेकुरा दिनुका साथै हिँडडुल गराउन थालिएको खड्गाले बताए ।
कार्यकारी निर्देशक खड्काले प्रधामन्त्रीकाे स्वास्थ्य अवस्था हेरेर करिब एक सातामा डिस्चार्ज गर्न सकिने बताए ।


















प्रतिक्रिया