Logo

खेलकुद

साविक उपविजेता टोटेनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिर



च्याम्पियन्स लिगको साविक उपविजेता टोटेनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसँग पराजित हुँदै साविक उपविजेता टोटेनह्याम बाहिरिएको हो ।

लेईपजिको घरेलु मैदानमा भएको खेलमा टोटेनहम ३–० गोल अन्तरले पराजित भएको हो । पहिलो लेगको खेलमा लेईपजिगले १–० को अग्रता बनाएको थियो । समग्रमा ४–० को नतिजा सहित जर्मन क्लब जर्मन क्लब अन्तिम आठमा प्रवेश गरेको छ ।

लेईपनिगका खेलको १० औँ मिनेटमा मार्सेल सबित्जरले गोल गर्दै टिमलाई अग्रता दिलाए । २१ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले टोलीको अग्रता दोब्बर पारे । ८७ औँ मिनेटमा ईमिल फोर्सबर्गले गोल गर्दै लाईपेजलाई ३–० को जित दिलाए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार १०:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।