बैंक तथा वित्तीय संस्थानको नियमक निकाय निकाय नेपाल राष्ट्र बैंकले एटिएमको प्रयोग गर्दा ढोका खुल्लै राखेर पैसा निकाल्न आग्रह गरेको छ । कोरोना भाइरस बन्द ठाउँमा लामो समय रहन सक्ने तथा बढी सक्रिय हुने भएकाले राष्ट्र बैंकले अबबाट एटिएम बुथको ढोका खुल्लै राखेर मात्र पैसा भिक्न आग्रह गरेको हो ।
एटिएम प्रयोग गर्दा ढोका खुल्लै राखी पिन नम्बर जिउले ढाकेर प्रयोग गर्न आग्रह राष्ट्र बैंकको हो । कोरोना भाइसरको संक्रमणको जोखिम बन्द एटिएममा बढी भएको हुँदा सो आग्रह ग्राहक गरिएको राष्ट्र नियमन विभागका कार्यकारी निर्देश देवकुमार ढकालले बताए ।
‘बैंकहरुको एटिएम बुथ सानो र साघुरो हुन्छ, त्यस्तो ठाँउमा संक्रमणको जोखिम पनि बढी हुन्छ,’ उनले भने, ‘जसकाराण हावा राम्रोसँग एटिएम बुथमा आवतजावत होस् भनेर ढोका खुल्ले राख्नु भनिएको हो ।’
कार्यकारी निर्देशन ढकालले बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा एटीएम बुथमा सेनिटाइजर र टिस्यु पेपर राख्न निर्देशन दिइएको बताए ।
‘एटीएम मेशिन प्रयोग गर्दा कोरोना संक्रमणको जोखिम हुँने भएकाले बैंकहरुलाई सबै एटीएममा अनिवार्य सेनिटाइजर र टिस्यु मौखिक निर्देश दिइएको छ,’ उनले भने, ‘निर्देशनको पालना भए नभएको प्रहरी तथा राष्ट्र बैंक स्यमले अनुगमन गर्नेछ ।’ कार्यन्वयन नभएको खण्डमा कारावाही गरिने उनले बताए ।


















प्रतिक्रिया