Logo

अर्थ

साताको अन्तिम कारोबार दिन सेयर बजारमा ४ अंकको गिरावट



साताको अन्तिम कारोबार दिन सेयर बजार मापन गर्ने सूचक ४ अंकले घटेर परिसूचक १४८५.०४ बिन्दुमा रोकिएको छ । सेयर बजार ४ अंकले घटेपनि कारोबार रकम भने आशा लाग्दो नै रहेको छ । यो दिनको कारोबार झण्डै २ अर्बको हाराहारीमा रहेको छ ।

१८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता सेयर १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँको सेयर किनबेच भएको छ । सेयर कारोबारमा निर्जीबन बीमा कम्पनी, उत्पादन तथा प्रशोधन र जीवन बीमा कम्पनीको उपसूचकमा मात्रै सुधार देखिएको छ । बाँकी समूहको उपसूचकमा गिरावट आएको छ ।

आजको दिनमा पनि कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड १२ लाख ९४ हजार ३२९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट रहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार १६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।