काठमाडौं । सम्झौताअनुसार फाेहाेर पानी प्रशाेधन केन्द्र निर्माणकाे काम अघि नबढाएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चिनियाँ कम्पनीसँगको ठेक्का सम्झौता तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ)सँग ठेक्का सम्झौता केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले तोडेको घोषणा गरेको हो । उक्त कमपनीले भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा फोहोर पानी प्रशोधन केन्द्रको…