सल्यान । शारदा नगरपालिका पशु सेवा शाखाले पालिकाभित्रका छाडा र घरपालुवा कुकुरहरूलाई रेबिज रोगविरुद्ध खोप लगाउने अभियान सुरु गरेको छ। शारदा नगरपालिकाका अनुसार गाउँ वस्तिका साथै खलंगा, श्रीनगर बजारलगायतका व्यावसायिक केन्द्रहरूमा खोप कार्यक्रम सञ्चालन गरिएको छ। पशु सेवा शाखा प्रमुख पशुचिकित्सक दीपा पौडेले हालसम्म पालिका विभिन्न क्षेत्रमा कुल २४६ वटा कुकुरहरूलाई रेबिजविरुद्धको खोप प्रदान गरिएको…