जाजरकोट । गाउँगाउँमा जनचेतना बढेसँगै सुरक्षित रुपमा सुत्केरी हुनेको संख्या ह्वात्तै बढेको छ । सदरमुकामस्थित स्वास्थ्य संस्था र पालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित रुपमा सुत्केरी हुन आउने महिलाको संख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । सञ्चार माध्यमको प्रभावका साथै साक्षर हुनेको संख्या बढेको कारण सुरक्षित रुपमा सुत्केरी हुनेको मात्रा बढेको हो । गर्भजाँच समेत बढेको छ…