विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड - १९) को जोखिम एसिया प्रशान्त क्षेत्रमा कायमै रहेको र महामारीको जोखिम अझै नसकिएको विश्व स्वास्थ संगठनले जनाएको छ । विश्व स्वास्थ संगठनले कोरोना विरुद्धको लडाईलाई जारी राख्न पनि आग्रह गरेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाको प्रभाव अहिले युरोप र अमेरिकामा बढी देखिएको छ ।…