नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दुक लिएर नभई वार्ता गरेर जमिन फिर्ता ल्याउने बताएका छन् । मंगलबार पोखरामा कास्की जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ पनि फर्काए । आफूले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनेपछि देउवाले बन्दुक लिएर सीमानामा जानु भनेको भन्दै वार्तामार्फत भूमि…