धनगढी । नेपाली कांग्रेस कैलालीका नेता सुनिल भण्डारीले आफूले चाहेको ठाउँमा टिकट पाउन नसकेपनि गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्ने बताएका छन् । यसअघि टिकट नपाएपछि पार्टी छोड्न सक्ने बताएका भण्डारीले धगनढीमा बुधबार विहान पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका भण्डारी अहिले पनि सोही क्षेत्रबाट…