झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘नगरपालिका नगरवासीको अभिभावक संस्था हो’, नगरप्रमुख पोखरेलले भने, ‘परम्परादेखि चलिआएको…