नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहको संसदीय दलले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । उनीहरुलाई तीन महिनासम्म कुनै गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको हो । प्रचण्ड–नेपाल समूहले विज्ञप्तिमार्फत उनीहरुलाई तीन महिनासम्म प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको जानकारी गराएको हो…