२३ जना युवालाई ज्युँदै इटाभट्टामा जलाएर हत्या गरेको प्रकरणमा जिल्ला अदालत रौतहटको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका काँग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई रातारात काठमाडौँ ल्याइएको छ । रौतहटमा राख्दा आलमले पैसाको आडमा आपराधिक समूह परिचालन गरी शान्ति सुरक्षामा खलल पार्न सक्ने देखिएपछि उनलाई गाएराति काठमाण्डु ल्याइएको हो । थुनछेक बहस सकिएपछि रौतहट…