Logo

उद्योग

चार महिनामा साढे १९ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता



 

काठमाडौं। चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो चार महिनामा नेपालमा १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म ४९७ परियोजनामार्फत उक्त लगानीको प्रतिबद्धता प्राप्त भएको हो।

यस अवधिमा सबैभन्दा बढी विदेशी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ। पर्यटन क्षेत्रका १४६ परियोजनाका लागि आठ अर्ब ६६ करोड ७८ लाख ५० हजार रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ।

त्यस्तै, ऊर्जामूलक क्षेत्रमा चार अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। सेवा क्षेत्रमा ४४ परियोजनामार्फत तीन अर्ब ९५ करोड २९ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ।

उत्पादनमूलक उद्योगतर्फ २९ परियोजनाका लागि एक अर्ब ७५ करोड २५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। सूचना तथा सञ्चार प्रविधिसम्बन्धी क्षेत्रमा भने २७२ परियोजनामार्फत ९७ करोड ९६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांक छ।

यसैगरी, कृषिमूलक क्षेत्रमा तीन परियोजनाका लागि १५ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ।

विभागको तथ्यांकअनुसार परियोजनाको संख्याका आधारमा सूचना प्रविधिसम्बन्धी क्षेत्र अगाडि देखिए पनि लगानी रकमका आधारमा पर्यटन क्षेत्र सबैभन्दा आकर्षक बनेको छ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार १८:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।