नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले तेश्रो धार निर्माण गरेर एमालेमा विलीन भएका नेताहरुलाई युद्धबाट भागेका युद्ध अपराधी भएको आरोप लगाएकी छिन् । एमालेमा फर्किएका नेताहरु एकिकृत समाजवादीमा आए पनि जिम्मेवारी दिन नसक्ने भन्दै नेतृ झाँक्रीले युद्धबाट भागेका युद्ध अपराधीहरुलाई कमाण्डर बनाउन नसक्ने बताएकी हुन् ।
शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा उनले युद्ध छोडेर भागेको भए पनि सरेन्डर गरे भने चाहीँ ढोका खोल्नुपर्ने बताइन् । संसारमा युद्ध अपराधीलाई माफी दिएको तमाम इतिहास छ । त्यसैले ढोका बन्द गर्नुहुन्न ।’ उनले भनिन् ।
नेतृ झाँक्रीले विचार समूहका हिसाबले धेरै समयमा कन्फ्युजनमा राखेका र पछि हरियो सापलेझैं डसेको बताइन् ।
विगतमा माधवकुमार नेपाल समूहमा रहेका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृतकुमार बोहरा नेकपा एमालेमै फर्केका थिए । झाँक्रीले उनीहरुलाई भगौड जर्नेलको संज्ञा दिँदै कमान्डर मान्न नसकिने बताएकी हुन् ।




















प्रतिक्रिया