Logo

राजनीति

माधव नेपाल समूहको स्थायी कमिटी सदस्यसँग छलफल सुरु



नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भेला कोटेश्वरमा सुरु भएको छ। नेपाल निवासमा सुरु भएको भेलामा एमालेमा अपनाउने रणनीतिका विषयमा छलफल हुने बताएको छ।

बुधबार नेता नेपालले अर्याल होटलमा केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए। बिहीबार आफ्नो पक्षका १३ जना स्थायी कमिटी सदस्यहरुलाई बोलाएर नेता नेपालले छलफल गर्न लागेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले पेल्ने देखिएपछि नेपाल समूह रणनीति बनाउन तयारीमा लागेको हो। तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने नेपाल समूहमा आवाज उठेको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १३:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।