Logo

राजनीति

कांग्रेस नेतृत्वको सरकार गठन गर्न देउवालाई पौडेल समूहको आग्रह



नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । सरकार गठनमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग भेट्नुअघि सभापति देउवाले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाए ।

त्यसअघि पौडेल समूहका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए । भेलामा सहभागी एक नेता भन्छन्, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।’

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाको सहयोग लिन खोजेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका छन् ।

कांग्रेस आफैंले भने आफ्नो नेतृत्वमा सरकार गठनको अग्रसरता देखाएको छैन । नेताहरुकाअनुसार यो विषय जसपा नेताहरुसँग शुक्रबार हुने छलफलमा धेरै भर पर्छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार १५:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।