Logo

प्रमुख समाचार

एमसीसी संशोधन हुनै सक्दैन, संशोधनका कुरा अमेरिकाले मान्दैन : नारायण खड्का



परराष्ट्र मन्त्री डा. नारायण खड्काले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन्।

गैरआवासीय नेपाली संघ न्युर्योक च्याप्टर, जनसम्पर्क समिति र न्युयोर्कस्थित महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा आइतबार आयोजित भेटघाट कार्यक्रममा मन्त्री खड्काले यस्तो बताएका हुन्।

अमेरिकाले एमसीसीमा सम्झौताका कुरा नमान्ने पनि उनले बताए। ‘संशोधनका कुरा अमेरिकाले मान्दैन। यो अन्य देशलाई पनि लागु हुने गरी बनाइएको फरम्याट हो। संशोधन हुनै सक्दैन’, उनले थपे, ‘हामीले संशोधन गर्नेतिर लागेमा अमेरिकाले रद्द गर्छ। हामीले हस्ताक्षर गरिसक्यौँ। हस्ताक्षर गर्दा किन नहेरेको त ? यस्ता तमाम कुराहरु छन्।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १६:२०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।