सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता तथा काठमाण्डौं क्षेत्र न. ४ प्रतिनिधि सभाका सदस्य गगन कुमार थापाले कांग्रेस सभापती एवम् प्रधानमन्त्री शेरबहादुर देउवा सँगरिस फेरेका छन् ।
दुईदिन अघि मात्रै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले थापा बोल्न खोज्दाबीचमै रोकेर तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेका थिए । सबैका अगाडि आफ्नो अपमान भएको महसुस गरेका थापाले भोलिपल्टै नै देउवालाई पैँचो तिरेका छन् ।
नेता थपाले अहिले नेपाली कांग्रेसको नेतृत्वको सरकार भए पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको र अहिलेको सरकारको काम गराईबाट सन्तोष मान्नु पर्ने कुनै कारण नभएको बताएका छन् । देउवा प्रति खनिएका थापाले यो पाराले कांग्रेस उँभो नलाग्ने पनि बताएका थिए।
पछिल्लो समय निरन्तर रुपमा देउवा सरकार विरुद्ध अभिव्यक्ति दिइरहेका थापाले आगामी निर्वाचनमा कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गर्ने कुरा भए आफूहरुलाई स्विकार्य नहुने बताएका छन् । कांग्रेस नेता थापाले माओवादीसँग सहकार्य गर्न नहुने कुरा लगातार बताउँदै आएका छन् ।
चितवनमा प्रचण्डकी छोरी बोक्दा काठमाडौँमा कांग्रेस हारेको भन्दै थापाले विगतबाट पाठ सिकेर फेरि पनि माओवादी बोक्ने गल्ती कांग्रेसले नगर्ने बताएका छन् । माओवादी बोक्दा कांग्रेसकै मान्छेले समेत रुख चिन्हमा भोट हाल्न नमानेको उनले जिकिर गरेका छन् ।
‘चितवनका कांग्रेसले रुखमा भोट हाल्न नपाउँदा अन्य ठाउँमा पनि त्यसको असर पर्यो अन्य ठाउँमा रुखमा भोट हाल्न पाउँने कांग्रेसले समेत रुखमा भोट हाल्न मानेनन् हामीले ठूलो मूल्य चुकाउँनु पर्यो‘ थापाले भने । थापाले देउवासंग अबपनि पार्टी एकलौटि पाराले चलाए त्यसको बदला लिने समेत चेतावनी दिए ।


















प्रतिक्रिया