Logo

प्रमुख समाचार

देउवाले भने- मलाई यसपटक जिताइदिनुस्



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताइदिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

शुक्रबारबाट सुरु नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन् । 

उनले डर र त्रासबाट मुक्त शासन ल्याउनका लागि आफूले जित्नु पर्ने बताएका हुन् । 

कांग्रेसको सरकार रहिरहे स्थानीय सरकार आफ्नै हुने उनको भनाइ थियो। ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ। राष्ट्रिय सरकार कांग्रेसको हुनेछ। त्यसका लागि मलाई यसपटक जिताइदिनुस्।’
 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १९:०१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।