नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु प्रधानमन्त्री भए पछि देशले मुक्ति पाएको बताएका छन् । उनले पार्टीको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रमको सम्बोधन गर्दै ओलीको प्रवृतिबाट देशले मुक्त पाएको समेत बताएका छन् ।
ओलीको जस्तो डर त्रासबाट मुक्त सरकार बनाउछु, बनाउछु, बनाउछु, बनाइन्छ, बनाइन्छ, बनाइन्छ भन्दै उनले देश भरीबाट आएका प्रतिनिधिहरुलाई “मलाई फेरी एकपटक जिताइदिनुस” भनेर मतको अपिल गरे।
देउवा जिले घाम छदामै आफ्नो कुरा राख्ने समय मिलोस भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेको हुदा आफु थोरै बोलेको बताएका थिए । काँग्रेस सभापति देउवा बोल्ने बेलामा झण्डै ७ बजेको थियो । आफु बोले लगतै देउवा बोल्ने होला भन्ने अनुमान ओलीले गरेका थिए तर काँग्रेसले सबै पदाधिकारीहरुलाई बोल्ने मौका दिँदा देउवाले बोल्न विलम्ब भएको हो ।
२४ मंसिर २०७८, शुक्रबार १९:३७

















प्रतिक्रिया