Logo

राजनीति

कांग्रेस निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र दिने



काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार विहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

कार्यक्रम शनिबार विहान ११ बजे पार्टी कार्यालयमा आयोजना हुने उनले बताए ।

प्रकाशित मिति : ९ पुष २०७८, शुक्रबार ०६:४६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।