Logo

राजनीति

साढे ४ वर्षभित्र कास्कीमा ५७ हजार मतदाता थपिए



पोखरा । कास्कीभित्र पछिल्लो साढे चार वर्षमा ५७ हजारभन्दा बढी मतदाता थपिएका छन् । २०७४ को स्थानीय निर्वाचनपछि गत २४ माघसम्म ५७ हजार १२९ मतदाता थप भएका छन् ।

२०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भने २६ हजार ४ सय ८८ मतदाता थपिएका छन् ।

योसँगै कास्कीमा अब दुई लाख ८१ हजार ९४० मतदाता कायम भएका छन् । सबैभन्दा धेरै पोखरा महानगरपालिकामा ३९ हजार ६३८ मतदाता थप भएका छन् भने सबैभन्दा कम रुपामा तीन हजार ३२९ जना थप भए ।

यस्तै, माछापुच्छ्रेमा चार हजार १६७, मादीमा पाँच हजार २०० र अन्नपूर्णमा चार हजार ७९५ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।  थपिएका मतदाता माथी दावी विराेधकाे समय अझै बाँकी रहेकाे कार्यालयका सूचना अधिकारी रुद्र न्याैपानेले जानकारी दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १५:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।