Logo

राजनीति

मधेश प्रदेशमा बन्दको प्रभाव शून्य 



जनकपुरधाम । विभिन्न ६ दल र दुई मोर्चाले एमसीसीकाे विरोधमा नेपाल बन्द आह्वान गरे पनि मधेश प्रदेशका यसकाे प्रभाव परेको छैन । प्रदेशको राजधानी जनकपुरधामका हाटबजारहरू बिहानैदेखि खुला छन् भने शिक्षण संस्थाहरू निस्फिक्रीसँग खुलेका छन् ।

यस्तै पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने सबै कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् । उद्योग कलकारखनाहरू अन्य दिन जस्तै संचालनमा छन् । धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायत जिल्लामा पनि समान्य अवस्था रहेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

धनुषा जिल्लामा कतै कुनै प्रकारले बन्दको असर नपरेको अन्य दिन जस्तै अवस्था समान्य रहेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए । उनले बन्दको आह्वान गरिएकोले ठाँउठाँउमा सुरक्षाकर्मी परिचालन गरेकाे बताए । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १५:३४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।