Logo

राजनीति

जसपाबाट ठाकुर सहितका चार नेता निष्कासित



केपी ओली नेतृत्वका सरकारमा जान खुट्टा उचालिसकेका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासित गरेको छ । उक्त समूहको बैठकले अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।

सोमबार मात्र अध्यक्ष ठाकुर सहितका नेताहरुले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर सरकारमा सहभागी हुने बारे सहमति गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार १४:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।